पोखरास्थित एभरेष्ट बैंकमा कसले हान्यो ढुङ्गा ?
पाेखरा | बैशाख ३०, २०८१
पोखरा: पोखरास्थित एभरेष्ट बैंकमा अज्ञात समूहले हानेको ढुङ्गाले बैंकको सिसा फुटेको छ ।
मध्यरातमा स्कुटरमा आएका दुई व्यक्तिले बैंकमा ढुङ्गा हानेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी एवम् प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
‘मध्यरात १ः४५ बजेको समयमा अज्ञात समूहले पोखरास्थित एभरेष्ट बैंकमा ढुङ्गा प्रहार गरेर सिसा फुटाएको सूचना आएको थियो’, डीएसपी श्रेष्ठले भने, ‘अज्ञात समूहले बैंकमा ढुङ्गा प्रहार गर्दा सिसा फुटेको छ, स्कुटरमा आएका दुई व्यक्तिले ढुङ्गा प्रहार गरेको प्रारम्भिक अनुमान छ ।’
बैंकमा कसले किन ढुङ्गा हान्यो भन्ने विषयमा अनुसन्धान अगाडि बढाएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

